Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

रातो मच्छिन्द्रनाथ र मीननाथको रथयात्रा सम्बन्धमा

2081-01-12

2081-01-12


20240423_115246.jpg तस्बिर : मिति २०८१ साल बैशाख ११ गते प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख ललितपुर महानगरपालिकाका प्रतिनिधि, गुठी संस्थान, स्थानीयस्तरका विभिन्न संस्था/समाजका प्रमुख तथा नागरिक अगुवाहरुको समेत सहभागिताम

मिति २०८१ साल बैशाख ११ गते प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख ललितपुर महानगरपालिकाका प्रतिनिधि, गुठी संस्थान, स्थानीयस्तरका विभिन्न संस्था/समाजका प्रमुख तथा नागरिक अगुवाहरुको समेत सहभागितामा श्री रातो मच्छिन्द्रनाथ तथा मीननाथको रथयात्रालाई सभ्य, भब्य, सुरक्षित र व्यवस्थित बनाउनको लागि छलफल गरिएको छ । उक्त छलफलले सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्न र रथयात्राको कार्यक्रम, रुट, साईत र समय निर्धारण गरी कार्ययोजना तय गर्न गुठी संस्थानलाई निर्देशन दिएको छ । साथै, सुरक्षा निकायहरुले रथयात्रामा सहजीकरण र सुरक्षाको प्रबन्ध गर्नु पर्ने तथा ललितपुर महानगरपालिकाले रथयात्रा शुरुहुनु अगावै २०८१ वैशाख २२ गतेभित्र रथयात्रा हुने रुटमा बिग्रे/भत्तिएका सडक/गल्लीको निर्माण/मर्मत/सम्भार सम्बन्धी कार्य गरि सक्नुपर्ने निर्णय गरेको छ । रथयात्राका लागि जिम्मेवार निकायहरुको जिम्मेवारी तोकिएको छ । छलफलमा रथयात्रा अवधिभर सर्वसाधारण सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भनिएको छ । यसका साथै रथयात्रा सम्पन्न भएको २ हप्ताभित्र सरोकारवाला सबैको उपस्थिति हुने गरी गुठी संस्थानले समिक्षा वैठक राख्नु पर्ने निर्णय छलफलले गरेको छ ।   

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-02 16:28:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर .