Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय परिचय 2076-05-11

परिचय
    नेपालको संविधान बमोजिम स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार यस जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यसको कार्यालय मानभवन ललितपुरमा रहेको छ ।
 
जिल्ला प्रशासन कार्यालयको उद्देश्य
     जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।
 
जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार
  • जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
  •  आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन; 
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन;
  • विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमण;
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
  • गैरसरकारीसङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
  • स्थानीय प्रशासनको सञ्चालन;
  • नागरिकता वितरण;
  • बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
  • भ्रष्टाचार नियन्त्रण;
  • कार्यालय निरीक्षण तथा अनुगमनस;
  • कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
  • चिठ्ठा, जुवा आदिको नियन्त्रण;
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
  • विपद् व्यवस्थापन;
  • जिल्ला स्तरमा सार्वजनिक उत्सव;
  • मुआब्जा निर्धारण तथा वितरण;
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
  • जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
  • राहदानी वितरण
  • लागू औषध नियन्त्रण र प्रशासन;
  • जिल्ला स्थित कारागारको व्यवस्थापन;
  • जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
  • द्वन्द् प्रभावितको पहिचान तथा राहत वितरण
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
  • जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग ।
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
  • सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
  • जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।
सेवाग्राहीहरुमा अनुरोध
  • जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन । शुल्क तिरेपश्चात् अनिवार्य रुपमा बिल वा रसीद माग्नु पर्दछ ।
  • कार्यालयको कामका लागि कोही कसैलाई चिन्न, भनसुन गराउन वा सोर्स लगाउन जरूरी छैन ।
  • हामी सबै नागरिकलाई विना भेदभाव पालैपालो (पहिले आउनेलाई पहिले सेवा दिने गरी) सेवा उपलब्ध गराउछौ । आफ्नो पालो पर्खेर हामीलाई सहयोग गरिदिनु हुनेछ भन्ने आशा गर्दछौ ।
  • यस कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी काम मिलाई वा गरी दिन्छु भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेमा कार्यालयका अधिकृतहरुलाई जानकारी दिनुहोस ।
  • कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । आफ्नो  समस्या आफै निर्धक्कसाथ भन्नुहोस ।
  • कार्यालयका कर्मचारीहरु कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील रहेका छन् । तपाईको सन्तुष्टि हाम्रो पनि सन्तुष्टि हो । 
  • स्थानीय तह वा अन्य निकायबाट सिफारिस भै आएका वा लेखिआएका काममा थप निवेदन जरुरी छैन ।
  • हामी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बालबालिकाका लागि प्राथमिकताका साथ सेवा उपलब्ध गराउछौ ।
  • कार्यालयका कर्मचारीले कुनै काम अनावश्यक रुपमा ढिला गरिदिएमा वा अन्य कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न सक्नु हुनेछ ।
  • कार्यालयको वेवसाइट daolalitpur.moha.gov.np मा हाम्रा सूचनाहरु तथा अन्य जानकारीमूलक सामग्रीहरु छन् । नागरिक बडापत्रमा सबै कामको विवरण छ । प्रजिअको फोन नं. ०१-५५५५४७५, ९८५१२२७७७७ मा समेत आफ्ना समस्याहरु राख्न सक्नु हुनेछ ।
  • हामी सदैव तपाईको राय सुझावको अपेक्षा गर्दछौ ।


पछिल्लो अपडेट गरिएको : 2082-01-21 11:50:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर

Powered By: ProActive Developers