Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

शनिबार, जेष्ठ ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय 2076-05-11

परिचय
    नेपालको संविधान बमोजिम स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार यस जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यसको कार्यालय मानभवन ललितपुरमा रहेको छ ।
 
जिल्ला प्रशासन कार्यालयको उद्देश्य
     जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।
 
जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार
  • जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
  •  आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन; 
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन;
  • विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमण;
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
  • गैरसरकारीसङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
  • स्थानीय प्रशासनको सञ्चालन;
  • नागरिकता वितरण;
  • बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
  • भ्रष्टाचार नियन्त्रण;
  • कार्यालय निरीक्षण तथा अनुगमनस;
  • कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
  • चिठ्ठा, जुवा आदिको नियन्त्रण;
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
  • विपद् व्यवस्थापन;
  • जिल्ला स्तरमा सार्वजनिक उत्सव;
  • मुआब्जा निर्धारण तथा वितरण;
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
  • जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
  • राहदानी वितरण
  • लागू औषध नियन्त्रण र प्रशासन;
  • जिल्ला स्थित कारागारको व्यवस्थापन;
  • जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
  • द्वन्द् प्रभावितको पहिचान तथा राहत वितरण
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
  • जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग ।
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
  • सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
  • जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।
सेवाग्राहीहरुमा अनुरोध
  • जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन । शुल्क तिरेपश्चात् अनिवार्य रुपमा बिल वा रसीद माग्नु पर्दछ ।
  • कार्यालयको कामका लागि कोही कसैलाई चिन्न, भनसुन गराउन वा सोर्स लगाउन जरूरी छैन ।
  • हामी सबै नागरिकलाई विना भेदभाव पालैपालो (पहिले आउनेलाई पहिले सेवा दिने गरी) सेवा उपलब्ध गराउछौ । आफ्नो पालो पर्खेर हामीलाई सहयोग गरिदिनु हुनेछ भन्ने आशा गर्दछौ ।
  • यस कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी काम मिलाई वा गरी दिन्छु भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेमा कार्यालयका अधिकृतहरुलाई जानकारी दिनुहोस ।
  • कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । आफ्नो  समस्या आफै निर्धक्कसाथ भन्नुहोस ।
  • कार्यालयका कर्मचारीहरु कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील रहेका छन् । तपाईको सन्तुष्टि हाम्रो पनि सन्तुष्टि हो । 
  • स्थानीय तह वा अन्य निकायबाट सिफारिस भै आएका वा लेखिआएका काममा थप निवेदन जरुरी छैन ।
  • हामी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बालबालिकाका लागि प्राथमिकताका साथ सेवा उपलब्ध गराउछौ ।
  • कार्यालयका कर्मचारीले कुनै काम अनावश्यक रुपमा ढिला गरिदिएमा वा अन्य कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न सक्नु हुनेछ ।
  • कार्यालयको वेवसाइट daolalitpur.moha.gov.np मा हाम्रा सूचनाहरु तथा अन्य जानकारीमूलक सामग्रीहरु छन् । नागरिक बडापत्रमा सबै कामको विवरण छ । प्रजिअको फोन नं. ०१-५५५५४७५, ९८५१२२७७७७ मा समेत आफ्ना समस्याहरु राख्न सक्नु हुनेछ ।
  • हामी सदैव तपाईको राय सुझावको अपेक्षा गर्दछौ ।


पछिल्लो अपडेट गरिएको : 2083-02-27 09:43:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर .