भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ पनि भनिन्छ ।
चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
उपत्यकाको चार वटा प्रसिद्ध नारायणमध्ये गोदावरी नगरपालिका वडा नं. २ बिशंखुनारायणस्थित बिशंखुनारायण मन्दिर पनि एक प्रसिद्ध मन्दिर हो जहाँ आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।