Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

बिहीबार, असार ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्य सम्पादन सम्झौता सम्बन्धी- प्रेस विज्ञप्ती

2076-06-07

2076-06-07


001(3).jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय, ललितपुर अन्तर्गतका सुरक्षा निकायहरुलाई प्रभावकारी शान्ति सुरक्षा कायम गर्ने प्रयोजनका लागि जिम्मेवारीप्रति प्रतिवद्ध, कानून कार्यान्वयनमा दृढ, सेवा प्रवाहमा पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई जनमुखी कार्य सम्पादनलाई थप सुदृढ तुल्याउन मिति २०७६।०६।०७ गते नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षकका साथै जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतज्यूहरुसँग प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यूबाट सूचकमा आधारित कार्य सम्पादन सम्झौता गरिएको छ । उपरोक्त कार्य सम्पादन सम्झौताले काम र कर्तव्यप्रतिको जिम्मेवारी तथा जवाफदेहिता बढ्न गई निर्दिष्ट र तोकिएको लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ । यस प्रकार कार्य सम्पादन सम्झौताको दृढ कार्यान्वयनबाट जिल्लाको समग्र शान्ति सु-व्यवस्था थप सुदृढ, विश्वसनीय र प्रभावकारी हुने र सुशासन तथा सेवा प्रवाह नतिजामुखी एवं जनमैत्री हुने विश्वास लिईएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-02 16:28:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर .