जिल्ला प्रशासन कार्यालय, ललितपुर अन्तर्गतका सुरक्षा निकायहरुलाई प्रभावकारी शान्ति सुरक्षा कायम गर्ने प्रयोजनका लागि जिम्मेवारीप्रति प्रतिवद्ध, कानून कार्यान्वयनमा दृढ, सेवा प्रवाहमा पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई जनमुखी कार्य सम्पादनलाई थप सुदृढ तुल्याउन मिति २०७६।०६।०७ गते नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षकका साथै जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतज्यूहरुसँग प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यूबाट सूचकमा आधारित कार्य सम्पादन सम्झौता गरिएको छ । उपरोक्त कार्य सम्पादन सम्झौताले काम र कर्तव्यप्रतिको जिम्मेवारी तथा जवाफदेहिता बढ्न गई निर्दिष्ट र तोकिएको लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ । यस प्रकार कार्य सम्पादन सम्झौताको दृढ कार्यान्वयनबाट जिल्लाको समग्र शान्ति सु-व्यवस्था थप सुदृढ, विश्वसनीय र प्रभावकारी हुने र सुशासन तथा सेवा प्रवाह नतिजामुखी एवं जनमैत्री हुने विश्वास लिईएको छ ।