Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

लक्ष्मीनिवास, मानभवन

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

लक्ष्मीनिवास, मानभवन

आज हरिवोधनी एकादशी, ललितपुरको गोदावरी नगरपालिकास्थित बिशंखुनारायण मन्दिरमा भक्तजन तथा दर्शनार्थीहरुको घुँईचो

2076-07-22

2076-07-22


001(1).jpeg तस्बिर :

भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ पनि भनिन्छ ।
चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
उपत्यकाको चार वटा प्रसिद्ध नारायणमध्ये गोदावरी नगरपालिका वडा नं. २ बिशंखुनारायणस्थित बिशंखुनारायण मन्दिर पनि एक प्रसिद्ध मन्दिर हो जहाँ आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।