प्रमुख जिल्ला अधिकारी श्री प्रेमराज जोशीज्यूबाट कार्यालयमा आउने सेवाग्राहीहरुलाई प्रवाह गरिने सेवा थप चुस्त, दुरुस्त र सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, ललितपुर र ग्लोबल आईएमई बैंक लिमिटेडबीच एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भई कार्यालय परिसरमा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको शुभारम्भ गर्नु भई सञ्चालनमा आएको छ ।